४७२ उपसचिव र २१६ सहसचिव पदमा लोकसेवाले खुलायो विज्ञापन

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा दरखास्त आह्वान गरेको हो । मंसिर ३ गतेसम्म दरखास्त दिन सकिने विज्ञापनमा जनाइएको छ । लोकसेवा आयोगको वेवसाइट www.psc.gov.np मार्फत फारम भर्न सकिने छ ।

कुन पदमा कति

निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइए छ । लोक सेवाको इतिहासमै पहिलोपटक सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको हो ।

लोक सेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापन खुलेको छ ।

प्राविधिकतर्फ नै हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एगृ इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ एक(एक जना सहसचिवको विज्ञापन खुलेको छ । यस्तै उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ ।

हेर्नुुुस् पूरा विज्ञापन

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *