नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रधानमन्त्रीद्वारा बुबा मोहनप्रसादको हातबाट दसैंको टीका ग्रहण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट दसैंको टीका ग्रहण गर्नु भएको छ ।प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह २ बजेर ३६ मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुबा मोहनप्रसादको हातबाट बडा दसैंको टीका र जमरा ग्रहण गर्नु भएको हो । त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई दसैैंको टीका र जमरा लगाई दिनु भयो ।
उहाँले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेताहरु, सांसदहरु, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई, आफ्ना सुरक्षाकर्मीहरु र सचिवालयका अन्य सदस्यहरुलाई टिका र जमरा लगाई दिनु भयो ।
अहिले प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टिका लगाई दिनेक्रम जारी छ ।