बिनोद भण्डारीको शानदार अर्धसतकमा हङकङबिरुद्ध नेपालको जित

काठमाडौँ । ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा जित हासिल गरेको छ ।

अल अम्रेट क्रिकेट मैदानमा आज भएको खेलमा हङकङले नेपाललाई दिएको १२६ रनको सामान्य लक्ष्य ६ वीकेट गुमाएर १९ औँ ओभरमा पूरा ग¥यो । कप्तान पारस खड्का सहित सुुरुवाती ब्यटस्म्यान सस्तैमा गुमाएको नेपालका लागि बिनोद भण्डारी र आरिफ शेखले पारी सम्हाले । नेपालका लागि भण्डारीले ३ छक्का र ४ चौकाको मद्धतमा ५८ रनको शानदार इनिङ्स खेले । आरिफ सेखले २१ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । हङकङका लागि वाकस बर्कातले सवाधिक ३७ रन बनाए । यस्तै किन्चित साहले ३१ तथा निजकात खानले २३ रन बनाए ।

नेपालका करण केसीले ३६ रन खर्चेर ४ विकेट लिए । अविनास बोहराले १ विकेट लिए । हङकङपछि नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग सोमबार खेल्नेछ ।

अब नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा ओमानसँग असोज २३ गते खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *