नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

यस्ताे छ प्रधानमन्त्री ओलीको टीकाको कार्यक्रम
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार यस वर्षको बडा दशैँका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउनुहुने कार्यक्रम तय भएको छ । यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ । हाल अन्य दिनका लागि कार्यक्रम तय गरिएको छैन ।
प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनुहुनेछ । दशैँको नवमीका दिन प्रधानमन्त्री ओली गृह जिल्ला झापामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनुहुनेछ ।