निर्मला थापा र सुरेश रानाको ‘इन्द्रेणीको रंग’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित लोक तथा दोहोरी गयिका निर्मला थापा र सुुरेश राना मगरको मौलिक सालैजो गीत ‘इन्द्रेणीको रंग’ सार्वजनिक भएको छ । गुरुङ, मगर समुदायको मौलिक संस्कृतिमा आधारित सालैजो गीतको म्युजिक भिडियो मंगलबार थापाको युट्युव च्यानल मार्फत प्रिमियर गरिएको हो ।

गितमा पछिल्लो समयमा आधुनिकताले लोप हुने अवस्थामा रहेको मगर तथा गुरुङ परिबेषमा प्रचलित रोधी र सालैजोको मौलिकता दर्शाउन खोजिएको छ । गीतमा प्रयोग भइका प्रेमभावले ओतप्रोत ओझिला शब्द र सांस्कृतिक दृश्यले गीतलाई अझ जीवन्त बनाएको छ ।

सुरेस रानाले शब्द सिर्जना गरेको गीतमा कलाकार थापा र रानाको स्वयमको स्वर रहेको छ । गित कमल सौरागले एरेन्ज गरेका छन् । गीतको म्युजिक भिडियोमा चर्चित मोडल आरुषी मगर र अस्विन मगरले अभिनय गरेका छन् । सिर्जन बरालले निर्देशन र नवराज उप्रेतीले छायांकन गरेको भिडियोको सम्पादन विजय तिखातरीले गरेका हुन् ।

पछिल्लो समयमा निकै ब्यस्त गुल्मेली भर्सटाईल गायिकाको रुपमा आफूलाई चिनाउन सफल गायिका थापाका यसअघि भमरा, रिडी बजार कालीको दोभान, झम्के मायाँले लगाएतका गीतहरु चर्चित छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *