काठमाडौँमा खगित्राले जन्माइन् चम्ल्याहा शिशु, चिकित्सक नै चकित

काठमाडौँ । धनगढीकी खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशु जन्माएकी छिन्। सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् उनले ती सन्तान जन्माइएकी हुन् । ती शिशुहरूमा तीनजना छोरा र एकजना छोरी रहेका छन् ।

तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर देखिइरहेको अस्पतालले जनाएको छ । केएमसीकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा चन्दा कार्कीका अनुसार सामान्य तरिकाबाटै बस्ने गर्भमा यस्तो हुनु निकै दुर्लभ हो । टेस्टट्युब बेबी’का रूपमा जन्माइने सन्तान भने त्यसभन्दा धेरै बच्चा पनि रहन सक्छ ।

जन्मिएका शिशुमध्ये सबैभन्दा कम एकजनाको तौल ९५० ग्राम र बाँकी तीनको क्रमश झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन् ।

बुधवार जन्मिएका शिशुहरू ३४ हप्ता पुगेपछि जन्मिएका कारण ती शिशुहरूलाई श्वासप्रश्वासमा कठिनाई हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *