बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

एयरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने
काठमाडौं । नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । पूर्ण सरकारी स्वामित्वको एयरलाइन्सले ७० वर्षमाथिका नागरिकलाई छुट दिने भएको हो ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबै एयरलाइन्सले छुट दिनुपर्ने भन्दै ‘लबिङ’ गरेका थिए । यस विषयमा निजी एयरलाइन्सहरुले भने असहमति जनाएका छन् ।
नेपाल एयरलाइन्सका सहायक प्रवक्ता सुलेख मिश्रका अनुसार ७० वर्ष पूरा भएको प्रमाणित हुने प्रमाणपत्रसहित आएमा टिकटमा ५० प्रतिशत छुट पाइने छ ।