बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गुल्मीको मुसिकोटमा प्रतिभा पहिचान
कौरव खत्री
गुल्मी । मुसिकोट नगरपालिका शिक्षा शाखाद्वारा माध्यमिक विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम वामीमा सम्पन्न भएको छ ।
आइतवार “हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण” भन्ने नारा सहित ४० औ शिक्षा दिवस तथा ५३ आँै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मुसिकोट नगरपालिका शिक्षा शाखाद्वारा माध्यमिक विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम मुसिकोट नगरपालिका ७ वामीटक्सारको महेन्द्र आर्दश माध्यमिक विद्यालय प्रतिभा पहिचान कार्यक्रममा मुसिकोट नगरपालिका ६ भुवाचिदिमा रहेकोे त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी सागर भट्टराई प्रथम भएका छन् ।मुसिकोट नगरपालिका ७ वामीमा रहेकोे मालिका इङलिस बोडिङ्ग स्कुलका विद्यार्थी विशम श्रेष्ठ द्धितीय भएका छन् ।
मुसिकोट नगरपालिका ५ इन्द्रगौडामा रहेकोे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी सुधा खराल तृतीय भएकी छन् । त्यस्तै मुनपा २ देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी दुर्गी राना, मुनपा १ नेटामा रहेको सरसवति माध्यमिक विद्यालयका विद्यार्थी बर्षा सुनार, मुनपा ८ मैदानमा रहेको शारदा विद्या मन्दिर माध्यमिक विद्यालयका विद्यार्थी बालृष्ण बराल, सान्त्वना भएका छन् । विजेता विद्यार्थीहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।
शिक्षा दिवसका अवरवमा माध्यमिक विद्यालयस्तरीय प्रतिभा पहिचान कार्यक्रम शिक्षक तथा कर्मचारी छनौट समिति मुनपाका अध्यक्ष रमेशचन्द्र खरेल,रुद्रावति बहुमुखी क्याम्पस वामीका उपपा्रध्यापक हेमन्त घिमिरे, महेन्द्र आर्दश माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । साथै मावि स्तरीय प्रतिभा पहिचान कार्यक्रम मुसिकोट नगरपालिकाका श्रोतव्यक्ति देवीराम शर्माको अध्यक्षतासँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने मुसिकोट नगरपालिकाका श्रोतव्यक्ति चुरा बहादुर छन्त्यालले गरेका थिए ।