नेपाली सेनामा भर्ती खुल्यो

काठमाडौं । नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आह्वान गरेको छ । निर्देशनालय कार्यरथी विभागले गोरखापत्र दैनिकमा बुधबार एक सूचना प्रकाशन गरी रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।

२ सय ५० मध्ये खुलातर्फ १३१, युद्धप्रभाबित सैनिकका सन्ततीले ७ सिटमा आवेदन दिन पाउनेछन् । त्यस्तै समावेशीतर्फ महिलाले २२ आदिवासी जनजातिले ३६ मधेशीले ३१ दलितले १७ र पिछडिएको क्षेत्रले ७ सिटमा आवेदन दिन पाउने छन् ।

कति चाहिन्छ योग्यता

आवेदन दिन प्रमाणपत्र तह वा सो सरहरस्नातक तह वा सो सरह उत्तिर्ण भएको हुनुपर्ने छ । विदेशबाट एसएलसी वा प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेकाहरुको हकमा अनिवार्य गणित विषय लिएको हुनुपर्ने सूचनामा उल्लेख छ । साथै एसएलसी वा प्रमाणपत्र तहको परीक्षाको प्राप्तांकको कुल योगफल २ जिपिए वा सो सरहभन्दा माथि हुनुपर्ने छ ।

आवेदन दिने म्याद कहिलेसम्म ?

सूचनाअनुसार योग्यता पुगेको इच्छुक नेपाली नागरिकले यही भदौ ४ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर असोज ३ गतेदेखि असोज ९ गतेसम्म आवेदन दिन सकिने छ ।

योग्यता पुगेको नेपाली नागरिकले नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फारम भरी सो को प्रिन्ट आउटसहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्नुपर्ने सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *