हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
सिसी क्यामरा प्रभावकारी बन्दै : नौ हजार चालक कारवाहीमा
काठमाडौँ। ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सवारीसाधनका चालकलाई सिसि क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारवाही गरेको हो ।
महाशाखाले दिएको जानकारीअनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुमबाट सडकमा खटिएको टोलीमार्फत पाँच हजार ३१४, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सिसि क्यामरा फुटेजको आधारमा एक हजार ९९७ र सर्भिलेन्स भेइकल र अन्य क्यामरामार्फत एक हजार ६९ चालकलाई कारवाही गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्त सिसि क्यामराको प्रयोगमार्फत सवारी नियम उलङ्घन गर्ने थुप्रै चालकलाई नियन्त्रणमा लिएर कारवाही गरेको बताउनुहुन्छ । “ट्राफिक प्रहरी देख्दा ट्राफिक नियम मान्ने, नदेख्दा ट्राफिक नियम उलङ्घन गर्ने प्रवृत्तिको अन्त्यका लागि सिसि क्यामरा सहयोगी बनेको छ”, उहाँ भन्नुहुन्छ ।
ट्राफिक नियम उलङ्घनका घटनासँगै महाशाखाले विसं २०७४ माघ २५ देखि सिसि क्यामराको प्रयोगमार्फत सवारीसाधनका चालकलाई कारवाही गर्दै आएको हो । महाशाखाले सिसि क्यामराका अतिरिक्त ड्यास