बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

जापान जाने कामदारका लागि भाषा र सीप परीक्षणकाे मिति ताेकियाे
काठमाडौँ । नर्सिङ कियर गिभरमा जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण आगामी कार्तिकमा हुने भएकाे छ । हालै निर्धार०ा गरिएकाे मिति अनुसार कात्तिक १० र ११ मा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउने बताइएकाे छ ।
यसका लागि कुनै विषयमा प्रमाणपत्र वा तालिमको प्रमाणपत्र पेस गर्नु नपर्ने सरकारी अधिकारीहरुले बताएका छन् । बैदेशिक राेजगारीका लागि अन्य देशहरुमा बिभिन्न म्यान पावर कम्पनीहरुबाट पठाउने गरिए पनि जापानमा सरकारी संयन्त्रबाट मात्रै कामदार पठाइनेछ । भाषा परीक्षण गर्न जापानले अन्तर्राष्ट्रिय कम्पनी ‘प्रो म्याट्रिक कम्पनीलाई जिम्मा दिएको छ । सीप परीक्षण गर्न जापान फाउन्डेसनले पनि एउटा अन्तर्राष्ट्रिय संस्थालाई तोकेको छ । सीप र भाषा दुवै कम्प्युटरमा आधारित हुनेछ ।