What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

शिक्षक लाइसेन्स परीक्षा असोज दोस्रो साता, उत्तरपुस्तिका मेसिनबाट परीक्षण गरिने
What To Know
- आयोगले पहिलो पटक तहअनुसार विषयगत रूपमा अध्यापन अनुमतिपत्रको परीक्षा लिन लागेको हो । तीनै तहको परीक्षा ४० पूर्णांक बराबरको हुनेछ । यसपटकबाट उत्तरपुस्तिका मेसिनबाट परीक्षण गरिने आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिनुभयाे । काेरिया भाषा परीक्षामा जस्तै अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो ।.
- ३ घण्टाको परीक्षामा ४० मिनेट वस्तुगत र ६० पूर्णांक बराबर २ घण्टा २० मिनेट विषयगत परीक्षा हुनेछ । पहिले हुने ४० मिनेटको परीक्षाको उत्तरपुस्तिका मेसिनबाट परीक्षण गरिने हुँदा आयोगले परीक्षार्थीहरूलाई सचेत हुनसमेत आग्रह गरेको छ । ‘मेसिनले परीक्षण गर्ने उत्तरपुस्तिका मोड्न वा कुच्याउन हुँदैन,’ उनले भने, ‘वस्तुगत प्रश्नको गोलाकार चिहनभित्र संकेत गरेर निरीक्षकलाई बुझाउनुपर्छ ।’.
काठमाडौँ । शिक्षक सेवा आयोगले असोज दोस्रो साता अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । प्राथमिक, माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा क्रमशः असोज ९, १० र ११ गते हुने आयाेगले जनाएकाे छ।
आयोगले पहिलो पटक तहअनुसार विषयगत रूपमा अध्यापन अनुमतिपत्रको परीक्षा लिन लागेको हो । तीनै तहको परीक्षा ४० पूर्णांक बराबरको हुनेछ । यसपटकबाट उत्तरपुस्तिका मेसिनबाट परीक्षण गरिने आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिनुभयाे । काेरिया भाषा परीक्षामा जस्तै अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो ।
असार २ को विज्ञापनमा २ लाख ८३ हजार जनाले शिक्षक लाइसेन्स लिन आवेदन दिएका थिए । अनलाइनबाट आवेदन दिने व्यवस्था गरिएकाले परीक्षार्थीहरूले आफैं प्रवेशपत्र प्रिन्ट गर्न सक्नेछन् ।
३ घण्टाको परीक्षामा ४० मिनेट वस्तुगत र ६० पूर्णांक बराबर २ घण्टा २० मिनेट विषयगत परीक्षा हुनेछ । पहिले हुने ४० मिनेटको परीक्षाको उत्तरपुस्तिका मेसिनबाट परीक्षण गरिने हुँदा आयोगले परीक्षार्थीहरूलाई सचेत हुनसमेत आग्रह गरेको छ । ‘मेसिनले परीक्षण गर्ने उत्तरपुस्तिका मोड्न वा कुच्याउन हुँदैन,’ उनले भने, ‘वस्तुगत प्रश्नको गोलाकार चिहनभित्र संकेत गरेर निरीक्षकलाई बुझाउनुपर्छ ।’
यसअघि शिक्षा मन्त्रालयले चिकित्सा शिक्षाको परीक्षाका लागि ल्याएको ओएमआर मेसिन शिक्षक सेवा आयोगले प्रयोग गर्न लागेको हो । लोकसेवा र मेडिकल शिक्षाको स्नातक र स्नाककोत्तरको तहको परीक्षामा पनि यस्तो मेसिनको प्रयोग हुँदै आएको छ ।
प्राविमा ८३ हजार, निमाविमा १ लाख २७ हजार र मावि तहमा ७६ हजार जनाले शिक्षण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । सामुदायिक विद्यालयमा शिक्षक थोरै रहेका विज्ञान, गणित र अंग्रेजी विषयमै लाइसेन्सका लागि सबैभन्दा कम आवेदन परेको छ ।