नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा
काठमाडौँ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा गरेको छ । मन्त्रालयले आज ३० प्रमुख जिल्ला तथा सहायक प्रमुख जिल्लाको सरुवा गरेको हो । जसमा अध्यागमन विभागमा ईश्वरराज पौडेल, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रामप्रसाद आचार्य, जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रेमराज जोशी, दीपक काफ्लेलाई राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ ।
यसअघि पौडेल गृह मन्त्रालय, आचार्य जिल्ला प्रशासन कार्यालय मोरङ, जोशी गृहमन्त्रालय र काफ्ले अध्यागमन विभागमा कार्यरत हुनुहुन्थ्यो ।
यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई गृहमन्त्रालय र ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई गृहमन्त्रालयमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।
यस्तै अध्यागमन कार्यालयका सहसचिव होमनाथ थपलियालाई प्रहरी किताबखानामा सरुवा गरिएको छ ।