कृषि विकास बैङ्कमा जागिर खुल्यो

काठमाडौँ । कृषि विकास बैङ्कले बिभिन्न पदमा ३ सय ८४ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । मंगलबार एक सूचना जारी गर्दै बैङ्कले कर्मचारी दरबन्दीमा रिक्त रहेका पद तथा तहहरुमा खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपुर्तीका लागि कर्मचारी भर्नाका लागि दरखास्त मागेको हो ।

बरिष्ट शाखा प्रमुखमा ८ जना, बरिष्ठ लेखा अधिकृत सातौँ तह २२ जना बरिष्ठ इन्जिनियर आइटी सातौँ तह अधिकृत स्तर २० जना ब्यवसाय सहयाक पाँचौ तह सहायक १ सय ७ जना MIS सहायक पाँचौ तह सहयायक स्तर १३ जना, आेभरसियिर सिभिल सहायकस्तर पाँचौ तह ५ जना लेखापाल बिराटनगर केन्द्र चौथो तह सहयाक स्तर ६७ जना लेखापाल भैरहवा केन्द्र चौथो तह सहयाक स्तर १०० जना र सुर्खेत केन्द्रका लागि लेखापाल चौथो तह सहायक स्तर ४२ जना कर्मचारीका लागि दरखास्त मागेको छ ।

आबेदन अनलाइन मार्फत गर्न सकिन्छ । परीक्षा दस्तुर पनि मोवाइल बैंकिङ्ग, इसेवा वा फोन पेबाट पनि गर्न सकिने विज्ञापनमा उल्लेख छ । दरखास्त असार ३१ गते देखि साउन २० गतेसम्म दिन सकिन्छ ।

अललाइन फारम भर्न यहाँ क्लिक गर्नुहोस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *