काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो…
लोकसेवाको स्थानीय तहको विवाद आइतबार सुनुवाइ हुने
काठमाडाैं । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आजका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो ।
यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।
आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए । रासस