नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

जनजाति युवालाई एक हप्ते आधारभूत पत्रकारिता तालिम
कौरव खत्री
गुल्मी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको आयोजनामा एक हप्ते आधारभूत पत्रकारिता तालिम गुल्मीमा सञ्चालन भइरहेको छ । इश्मा गाँउपालिका २ छल्दी पनाहमा सञ्चालित तालिममा गाँउपालिका वडा नं. १ देखि ४ वडा भित्रबाट गरि १६ जना जनजाति महिला पुरुष प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
इश्मा गाँउपालिकाको लक्षित बर्गका कार्यक्रम अन्र्तगतको आर्थिक सहयोगले आदिवासी जनजाति युवा युवतीहरुलाई लक्षित गरेर सञ्चारको पँहुचबाट नजिक ल्याउन र सूचना सञ्चारका बारेमा जानकारी गराउने उद्देश्य अनुरुप एक हप्ते आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गरिएको नेपाल आदीवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष गणेश सारु मगरले जानकारी दिए ।
तालिममा पत्रकार कौरव खत्री, मनु सुनार, गणेश सारु लगायतका प्रशिक्षकहरुले सूचना सञ्चार एवं समाचार लगायतका विषयमा तालिममा प्रशिक्षण दिएका थिए । तालिम २२ गतेसम्म सञ्चालन हुने छ ।