लाेकसेवा आयोगले माग्याे ९ हजार कर्मचारी – विस्तृत विज्ञापनसहित

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका कर्मचारीकाे पदपूर्तीका लागि  बुधबार विज्ञापन निकालेको छ । प्राविधिक तथा अप्राबिधिक तर्फकाे पद पुर्तीका लागि नाै हजार कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरिएकाे हाे ।

प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार विज्ञापन गरेर पदपूर्ति गर्न थालिएको आयोगले जनाएको छ ।

स्थानीय तहका विभिन्न पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विस्तृत विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहाेस्

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत् आवेदन दिनुपर्नेछ ।

अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहाेस् 

प्रतियोगितात्मक परीक्षावाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिने विज्ञापनमा जनाइएकाे छ । यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिने र सेवाका शर्त र तलव तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानून बमोजिम हुने विज्ञापनमा उल्लेख छ ।

विज्ञापन सहज रूपमा हेर्न विस्तृत विज्ञानकाे PDF डानउलाेड गर्नुहाेस् –

Leave a Reply

Your email address will not be published. Required fields are marked *