काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
कामीरिता शेर्पाले फेरि ताेडे आफ्नै कीर्तिमान
सोलुखुम्बु । पर्वतारोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बु थामेका शेर्पाले सोमबार विहान ६ः३८ मा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गर्नुभएको सगरमाथा आधारशिविरबाट नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
जेठ १ गते बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेक्नुभएका शेर्पाले सातदिनभित्र दुई पटक सगरमाथाको आरोहण गर्नुभएको हो ।
लामो समयदेखि आरोहण क्षेत्रमा रहनुभएका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको हो । यस पटकको दुवै आरोहण शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत गर्नुभएको हो ।
यो राष्ट्रकै गौरवको कुरा भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।
सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएका कामीरिताले आरोहणअघि २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताउनुभएको थियो । बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताउनुभयो ।
यसअघि २१ पटक सगरमाथा चढेका कीर्तिमानधारी आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसक्नुभएको छ ।