नीति तथा कार्यक्रममाथि तीन दिन छलफल

What To Know

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि ३ दिन छलफल हुने भएको छ । सभामुख कृष्णबहादुर महराले यही वैशाख २२, २३ र २४ गते छलफल हुने जानकारी दिनुभयाे ।.
  • प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३१ को खण्ड क बमोजिम उक्त विधेयक प्रस्तुत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ ।.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि ३ दिन छलफल हुने भएको छ । सभामुख कृष्णबहादुर महराले यही वैशाख २२, २३ र २४ गते छलफल हुने जानकारी दिनुभयाे ।

छलफलपछि प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् । त्यसपछि सभामुखले प्रस्ताव गरेको धन्यवाद प्रस्तावको टुङ्गो लाग्नेछ ।
यस्तै बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई समेत पारित गरेको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३१ को खण्ड क बमोजिम उक्त विधेयक प्रस्तुत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *