नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पहिलो पटक बर्ड फ्लूबाट नेपालमा एकजनाको मृत्यु
काठमाडौँ । कुखुरालगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लू (एच फाइभ एन वान) बाट मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । नेपालमा बर्ड फ्लूबाट मानिसकाे मृत्यु भएको यो पहिलो घटना हो।
गत चैत १० मा ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो। उनको श्वासप्रश्वासमा समस्या देखिएर चैत १५ गते मृत्यु भएकाे थियाे। मृतकको नाम भने खुलाइएको छैन।