What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सरकारको कार्यशैलीप्रति वरिष्ठ नेता पौडेलको असन्तुष्टि
What To Know
- तौलिहवा । राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ ।.
- उहाँले विप्लव नेतृत्वको माओवादीलाई पनि प्रतिबन्ध लगाउनुको साटो वार्ता र संवादका माध्ययमबाट सहमतिको आधार खोज्न सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’लाई आग्रह गर्नुभयो ।.
तौलिहवा । राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस कपिलवस्तुले जिल्लाको बाणगङ्गा नगरपालिकामा आयोजना गरेको कार्यकर्ता भेलालाई वरिष्ठ नेता पौडेलले सिके राउतले राष्ट्र विखण्डनको नारालाई जनमत सङ्ग्रहमार्फत सिद्ध गर्ने भन्दै अझै हिँड्ने गरेका कारण सरकार सिके राउतसँग नराम्ररी चुकेको बताए ।
उहाँले विप्लव नेतृत्वको माओवादीलाई पनि प्रतिबन्ध लगाउनुको साटो वार्ता र संवादका माध्ययमबाट सहमतिको आधार खोज्न सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’लाई आग्रह गर्नुभयो ।
सो अवसरमा पार्टी नेताहरु डा रामशरण महत, दीपकुमार उपाध्याय लगायतले सङ्गठन सुदृढीकरणको विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनु भएको थियो ।