What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
दीपक मनाङ्गेले लिए सपथ
What To Know
- काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे)ले सोमबार सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङ्गेलाई सपथ खुवाइएका हुन् ।.
- सपथका लागि मनाङ्गे सोमबार नै काठमाडौंबाट आएका थिए । सपथ लिएलगत्तै मनाङ्गेले सपथ लिन पाउँदा खुसी लागेको बताए । मनाङ्गेले गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै गएको पुस १२ गते लिखित निवेदन दर्ता गराएका थिए । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा मनाङ्गे निवार्चित भएका थिए ।.
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे)ले सोमबार सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङ्गेलाई सपथ खुवाइएका हुन् ।
सपथका लागि मनाङ्गे सोमबार नै काठमाडौंबाट आएका थिए । सपथ लिएलगत्तै मनाङ्गेले सपथ लिन पाउँदा खुसी लागेको बताए । मनाङ्गेले गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै गएको पुस १२ गते लिखित निवेदन दर्ता गराएका थिए । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा मनाङ्गे निवार्चित भएका थिए ।
मनाङ्गेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।






