नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

लमजुङमा भूकम्पको धक्का महसुस
लमजुङ ।लमजुङमा आइतबार दिउँसो ४ बजेर १ मिनेट जाँदा ३ दशमलव ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ ।
लमजुङको सिम्पानीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प एकदम सानो र छोटो समय गएको धक्का महसुस गर्ने स्थानियले बताएका छन । भूकम्प जाँदा बेसीशहरमा छोटो तर कडा झड्का महसुस भएको थियो ।
गएको बुधबार साँझ ७ बजेर ४९ मिनेट जाँदा बेसीशहरनजिक उत्तर पश्चिम भागलाई केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।