दोस्रो रामपुर महोत्सव बारे जानकारी दिन पत्रकार सम्मेलन

सीता डोटेल पाल्पा रामपुर १८ पुष । रामपुर उद्योग वाणिज्य संघ पाल्पाले महोत्सवको तयारीका विषयमा जानकारी दिने उद्देश्यले रामपुरको पर्यटकीय गन्तव्य स्थल तालपोखरामा पत्रकार सम्मेलन गरेको छ ।

जिल्ला सदरमुकाम पछिको पहिलो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा पौष २७ गते देखि माघ ८ गते सम्म सञ्चालन हुने दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला मेलाको बारेमा जानकारी दिदै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रामपुर सहित कालिगण्डकी उपत्यकाको प्रचारप्रसार एंव कृषि, उद्योगको प्रवद्र्धन, कला संस्कृति, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको संरक्षण गरी पहिचान कायम राख्नुका साथै संघको संस्थागत विकास र भवन निर्माणको लागि सहयोग जुटाउन महोत्सवको आयोजना गरेको जानकारी दिनुभयो । उहाँले सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न मेलाको मुख्य भुमिका हुने बताउनुभयो ।

‘‘आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार’’ भन्ने नारा सहित हुने महोत्सवमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि उपजहरु विक्री, उत्कृष्ट उद्यमी र कला संस्कृतिका उत्कृष्ठ झाँकीलाई पुरस्कृत गर्नेछौ अध्यक्ष ढकालले भन्नुुभयो ।’’ यस पटकको मेलामा विभिन्न अटोमोवाइल, स्थानीय उत्पादिन बस्तु, व्यापार,व्यवसाय, होटेल गरि ३ सय १० भन्दा बढी स्थलहरु रहने उहाँले बताउनुभयो । हिमाल पहाड र तराईलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर निर्माणको क्रममा रहेको बताउँदै औद्योगिक क्षेत्रको सम्भावनाको अध्ययन पनि भैरहेको उहाँले बताउनुभयो । महोत्सवमा बारे जानकारी दिदै संघका अध्यक्ष ढकालले मेलामा पर्यटकीय गन्तव्यको रुपमा रहेको तालपोखरामा बोटिङ्ग, प्यारागलाईडिङ्ग, प्यारामोटर र हेलिकप्टरबाट मनोरम दृश्य अवलोकन, फोटो प्रर्दशनी, चिडिया घर, बालउद्यान, प्रतिभा पहिचानको लागि दोस्रो रामपुर डान्स आईडल, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित इन्डो नेपाल भलिबल प्रतियोगिता र व्याडमिन्टन प्रतियागिता रहने जानकारी दिनुभयो ।

संघले २ लाख बढी दर्शक भित्र्याउनुका साथै मेलामा ८ देखि १० करोड सम्म कारोबार गर्ने लक्ष्य लिएको छ । मेला अवलोकनका लागि प्रति टिकट रु ५० र विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको लागि परिचय पत्रको आधारमा ३० रूपैयाँमा टिकटको व्यवस्था गरिएको जानकारी दिइएको थियो । मुल आयोजक समिति संगै विभिन्न ३५ वटा विभिन्न उपसमिति गठन गरेर तयारी गरिरहेको बताउँदै अध्यक्ष ढकालले संघले मेलाको सफलताको लागि सहयोग गर्न पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई गर्नुभएको थियो ।

सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले स्थानीय प्रर्बद्धन र यहाँका व्यवसायीलाई उकास्ने गरि महोत्सव गरिनुपर्ने बताउनुभयो । उहाँले पाल्पाली पत्रकारले मिडियामा लेखेकै बोलेकै भुमिकाले नेपालको १ सय गन्तव्यमा तालपोखरा परेको बताउदै पत्रकार सधै समुदायको स्थानीयको हितमा भएको बताउनुभयो । सम्मेलनको सञ्चालन रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसी (पुरुषोत्तम) ले गर्नुभएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *