वामी सेवा समिति जापानको अध्यक्षमा पुनः सापकोटा निर्वाचित

कौरव खत्री
गुल्मी । वामी सेवा समिति जापानको छैठौ अधिवेशन जापानमा सम्पन्न भएको छ । जनवरी १ अर्थात हिजो मंगलवार जापानको टोकियोमा सम्पन्न भएको ६ औ अधिवेशनले वरिष्ठ समाजसेवी कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा २१ सदस्यीय वामी सेवा समिति जापानको कार्यसमिति पूर्न गठन गरिएको छ ।

समितिको उपाध्यक्ष दिलिप थापा,कृष्ण घिमिरे,बिष्णुप्रसाद सापकोटा, महासचिव गोकुल खत्री,सचिव महेन्द्र सापकोटा, सह–सचिव पुष्कर खरेल,कोषाध्यक्ष होमलाल सापकोटा, सह–कोषाध्यक्ष भुवन सापकोटा रहेका छन् भने यस्तै सदस्यहरुमा चेत बहादुर केसी,पुरन जिसी,बिरवल केसी,रविन कक्षापति,प्रकाश जिसी, दधिराम सापकोटा,कृष्ण सापकोटा, चिरिञ्जीवी घिमिरे रहेका छन् । अन्य ४ जना सदस्यहरु कार्यसमितिको बैठकले पछि मनोनित गर्ने बताइएको छ ।

सम्पन्न अधिवेशनमा कार्यसमिति जापानका सचिव गोकुल खत्रीले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष टेक भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा समाजसेवी तथा शिक्षाप्रमी खिमलाल पौडेलको प्रमुख आतिथ्यता तथा वामी सेवा समिति जापानका सल्लाहकार रोशन केसी,सेवा समिति जापानका पूर्व अध्यक्ष सुरेश केसी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपालबाट भ्रमणका लागि जापान पुगेका ७ जना अभिभावक र वामीबाट उच्च शिक्षा अध्ययनको शिलशिलामा जापानबाट इन्जिनियर बनेका सुधा सिटौला सापकोटालाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो भने वामी सेवा समिति जापानको स्थापनाकाल देखि हालसम्म विभिन्न पदमा रहेर काम गदै आएका सेवा समिति जापानका ६० जना व्यक्तिहरुलाई समेत प्रशंसा पत्रले सम्मान गरिएको वामी सेवा समिति जापान कार्यसमितिका उपाध्यक्ष दिलिप थापाले जानकारी दिए ।

साथै सोही अवसरमा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष प्रकाश काफ्लेले फोन मार्फत प्रतयक्ष रुपमा अधिवेशनमा शुभकामना मन्तव्य सहित नगरपालिकाले गरेका कामको गतिविधिका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रम वामी सेवा समिति जापानका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता तथा वामी सेवा समिति जापानका उपाध्यक्ष दिलिप थापाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने समितिका महासचिव गोकुल खत्रीले गरेका थिए ।

“परिश्रमले बाच्न सिकौँ” भन्ने मुल नारा सहित २०६६ सालमा स्थापना भएको वामी सेवा समिति जापानले आफ्नो स्थापनाकाल देखि नै निरन्तर रुपमा समाजका हरेक क्षेत्र अन्र्तगत विभिन्न विद्यालय,दैवीप्रकोप,आगलागि, एम्वुलेन्स, साँस्कृतिक क्षेत्र लगायतमा आर्थिक सहयोग पु¥याउदै आइरहेको कार्यसमिति जापानका उपाध्यक्ष थापाले जानकारी दिए ।

साविकको वामी गाविसबाट रोजगारीको शिलशिलामा जापानमा रहेका वामीवासीहरुले सामुहिक रुपमा संस्था स्थापना गरेर आफ्नो गाँउ ठाँउको लागि सबै एकजुट भएर आर्थिक सहयोग संकलन गरेर स्वदेशको आफ्नो जन्मभूमिप्रति सहयोग गदै आइरहेका छन् ।

हाल संस्थामा मुसिकोट नगरपालिका वडा नं. ७ र ८ वामीका जापानमा रहेका झण्डै ८ सय वामीवासी सदस्यहरु आवद्ध रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *