सरकारले देश विकास र समृद्धिका लागि ठोस काम गर्न सकेनः अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले देश विकासका लागि वर्तमान सरकारले सिन्कोसम्म भाँच्न नसकेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “विसं २०४७ पछि केपीशर्मा ओली नेतृत्वमा बनेको शक्तिशाली सरकारले देशको विकास र समृद्धिका लागि ठोस काम गर्न सकेको छैन् ।”

नेता राणाले मुलुकमा नेताहरु विलासितापनतर्फ धकेलिँदै गएकोमा चिन्ता व्यक्त गर्दै देश र जनताको समुन्नतिका लागि काम गर्ने नेतालाई करोडौँका गाडी तथा ठूल्ठूला अयास महल किन चाहियो भनी प्रश्न गर्नुभयो ? ।

नेपाली काङ्ग्रेसको महासमिति बैठकमा हिन्दूराज्यको बारेमा बहस हुनु सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै उहाँले तत्कालिन राजा महेन्द्र शाह र विपी कोइराला विसं २००७ पछि नेपाली धर्तीमा जन्मिएका दुई महान व्यक्ति हुन् र उहाँहरु दुरदर्शी हुनुहुन्थ्यो भन्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *