कौसिल्य गोत्रीय खप्तडी थापाको कुलपुजामा डाक्टर र जेष्ठ नागरिकलाई सम्मान

कौरव खत्री
गुल्मी  । पौदीअमराईमा रहेका कौसिल्य गोत्रीय खप्टडी थापादाजुभाईहरुद्धारा आफ्नो कुल पुजा आज सम्पन्न गरेका छन् । साथै सोही अवसरमा खप्तडी थापादाजुभाईहरुका जेष्ठ नागरिकहरु ८४ बर्ष उमेर पूरा गरेका वृद्धवृद्धाहरु र थापादाजुभाईबाट डाक्टर बनेकाहरुलाई समेत सम्मान गरिएको खप्तडी थापादाजुभाईका वरिष्ठ जानकार डाक्टर बुद्ध बहादुर थापाले जानकारी दिए ।

यसरी सम्मानित हुनेहरुमा मुसिकोट नगरपालिका १ रातमाटा निवासी ८७ बर्षीय पूर्ण बहादुर थापा,सोही वडा ढाँण निवासी ८६ बर्षीय दुर्गा बहादुर थापा,यस्तै सोही वडा पौदीअमराई निवासी ८५ बर्षीय दुर्गी थापा र रुपन्देही जिल्ला सैनामैना नगरपालिका ६ निवासी ८५ बर्षीय केशव बहादुर थापालाई सम्मान गरिएको थियो

यस्तै खप्तडी थापादाजुभाईबाट डाक्टर गर्ने मुसिकोट नगरपालिका १ पौदीअमराई निवासी डाक्टर शुदर्सन थापा र सोही स्थान निवासी डाक्टर सर्घष थापा र सुवेदार मेजर टिका बहादुर थापालाई सम्मान गरिएको थियो ।

यस्तै ७५ घरधुरी रहेका खप्तडी थापादाजुभाईहरुले आज विधिवत रुपमा आफ्नो ९ औ कुल पुजामा झण्डै १ सय ओटा पाठाहरुको बली चढाएको वरिष्ठ जानकार डाक्टर बुद्ध बहादुर थापाले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *