नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बेपत्ता नेपाली एघार दिनमा मृत भेटीए
काठमाडाैँ । एघार दिन देखि वेपत्ता पाल्पाको रामपुर ९ जब्गादीका एक वृद्ध मृत भेटीएका छन । नेपालीको शव पुर्वखोला गाउँपालिका १ सिलुवाको सिलुवा खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शवको रामपुर अस्पतालमा पोष्टमार्ट पछि परिवारलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
घरबाट रामपुर स्थित बेझाड बजार जान्छु भनि हिडेका नेपाली वेपत्ता भएसँगै इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोली र स्थानीयको खोजीपछि एघार दिन पछि मृत अवस्थामा भेटीएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । घटना बारे थप अनुशन्धान गर्न इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपाल सिंह रानाको टोलीले अनुशन्धन जारी राखेको छ ।