What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकका ग्राहकलाई भारतकाे अपोलो अस्पतालमा विशेष छुट
काठमाडौं । एन आई सी एशिया बैंक का ग्राहकहरूले अब भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन (अपोलो हस्पिटल) मा स्वास्थ्य उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंक र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनबीच ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले इन-पेसन्ट रुम चार्ज, प्रिभेन्टिभ हेल्थ चेक प्याकेज र अटेन्डेन्ट हेल्थ चेकअप सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्। साथै, आउट-पेसन्ट इन्भेस्टिगेसन सेवामा ५ प्रतिशत छुट उपलब्ध हुनेछ।
यसका अतिरिक्त दर्ता शुल्क निःशुल्क हुने, अन्तर्राष्ट्रिय बिरामी लाउञ्जमा पहुँच जस्ता सुविधा पनि प्रदान गरिने जनाइएको छ। काठमाडौंस्थित अपोलो इन्फर्मेसन सेन्टरमार्फत अपोइन्टमेन्ट लिने ग्राहकलाई नयाँ दिल्ली विमानस्थलबाट होटल वा अस्पतालसम्म निःशुल्क यातायात सुविधा समेत उपलब्ध गराइनेछ।
उक्त सुविधा लिन ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहुलियत पुग्ने विश्वास व्यक्त गरेको छ।






