काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएकामा मजदुरहरुले ऐक्याबद्धता जनाउँदै आज साँझ माइतीघर मण्डलामा दीपावली गरेका छन् । संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको आयोजनामा भएको दीपावली कार्यक्रममा सहभागी मजदूरहरुले उक्त कार्यक्रम आफूहरुको हितमा रहेको भन्दै खुशीयाली मनाएका हुन् ।
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मैनबत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा मजदुरहरुले ‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’ भन्ने नारा लगाएका थिए । समन्वय केन्द्रका अध्यक्ष विश्वनाथ प्याकुरेलले उक्त कार्यक्रम शुभारम्भ हुनु मजदूरहरुका लागि महत्वपूर्ण उपलब्धि हो भन्दै सरकारी कदमको प्रशंसा गर्नुभयो ।
आजै पहिलो सामाजिक सुरक्षा दिवस मनाउँदै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ भएको घोषणा गरेको थियो । आज राजधानीमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगको शुरुआत भएको भन्दै श्रम गरेबापत उचित पारिश्रमिक दिने राज्य आफ्ना नागरिकको अभिभावक भएको बताउनुभएको थियो ।