सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो संसद् बैठक

काठमाडौँ । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मङ्गलबार बिहान बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।

विसं. २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित हुनुभएको बोहराको आज बिहान निधन भएको थियो ।

यसैगरी, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा मङ्गलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको बारे पनि बैठकमा जानकारी गराइयो छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *