बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपाल अाइडलकी उद्घाेषिका रिमा र बेनीशा हमालकाे लेस्बियन भिडियाे
काठमाडाैँ । ‘लेस्बियन’को कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रविन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा नेपाल अाइडलकी उद्घाेषिका तथा नायिका रिमा विश्वकर्मा र बेनीशा हमालले लेस्बियनकाे भूमिकामा अभिनय गरेका छन्।
परिवर्तित समाजमा आफ्नो लैङ्गिक अवस्थालाई नलुकाउँ भन्ने मुख्य उद्देश्यसहित तयार गरिएकाे म्युजिक भिडियोमा लेस्बियन बनेका यी दुई नायिकाको इन्टिमेट सिनसमेत कलात्मक ढङ्गले समावेश गरिएको छ।
बहुचर्चित गायिका अन्जु पन्तको स्वरमा रहेकाे ‘मैले भुल्न सकिन’ बोलको गीतमा दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीत रहेको छ। भिडियोमा उत्तम हुमागाईंको छयांकन, कसम नेपाल र मन्जिल श्रेष्ठको सह-निर्देशन तथा निर्देशक प्रविन श्रेष्ठकै सम्पादन रहेको छ। भिडियो ‘मोक्क्ष प्रोडक्सन’को प्रस्तुतीमा ‘हेलो नेपाल इन्टरटेनमेन्ट’ले निर्माण गरेको हो।