What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
What To Know
- कास्कीका प्रमुख प्रमुख श्यामबाबु ओलियाले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति मागिएको बताए।.
- .
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि “सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित” मामिलामा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको भोलिपल्ट अदालतले उनलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थपको माग गर्दै लामिछानेलाई मङ्गलवार जिल्ला अदालतमा उपस्थित गराएको थियो। गत कात्तिक २ मा काठमाण्डूबाट पक्राउ गरेर पोखरा लगिएका लामिछानेलाई अहिले आठौँ पटक म्याद थपिएको हो।
जिल्ला अदालत कास्कीका स्रेस्तादार राजन खनालले बीबीसीसँग भने, “आज अरू खास विषय थिएन। चार दिनको लागि म्याद थप गरिएको छ।”
कास्कीका प्रमुख प्रमुख श्यामबाबु ओलियाले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति मागिएको बताए।






