एनपिएलमा पोखरा सबैभन्दा मंहगोमा बिक्री, हेर्नुस् कुन टीम कतिमा कसले किन्याे ?

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा पाेखरा सबैभन्दा महंगाे मूल्यमा बिक्री भएकाे छ । व्यवसायी सुबोध त्रिपाठीकाे नेपाल टी ट्वान्टी प्रा लिले पोखराको फ्रेन्चाइजी सर्वाधिक मूल्यमा खरिद गरेको हाे ।

कम्पनीले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व लिएकाे हाे । एनपिएलमा पनि सबैभन्दा बढी मूल्य पाउने शीर्ष स्थानमा पोखरा कै फ्रेन्चाइजी थियाे । व्यवसायी सुबोधको स्वास्थ्य, शिक्षासहित विभिन्न क्षेत्रमा लगानी रहेको छ।

त्यस्तै काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ मा बिकेको छ । टिम छनोटका लागि भएको बिडिङमा कान्तिपुर पब्लिकेसन प्रा.लिले काठमाडौंको फ्रेन्चाइज किनेको हो । याे दाेस्राे बढी मूल्य हाे ।

एनपिएलको अर्को टोली चितवनको स्वामित्व चितवन मेडिकल कलेज (सिएमसी) ले पाएको छ । चितवनको स्वामित्व १ करोड ७६ हजार १ हजार रुपैयाँ मा सिएमसीले किनेको छ ।

विराटनगरको स्वामित्व एम ए डी ड्रिम स्पोर्टसले पाएको छ । स्पोर्टसले १ करोड ५१ हजार रुपैयाँमा विराटनगरको स्वामित्व खरिद गरेको हो ।

फर्चुन हेल्थ कियरले लुम्बिनीको फ्रेन्चाइज किनेको छ। कियरले १ करोड ७६ लाख ४ रुपैयाँमा लुम्बिनी फ्रेन्चाइजीको स्वामित्व किनेकाे हो ।

ड्रिम्स स्पोर्टसले जनकपुरको फ्रेन्चाइजीको स्वामितव पाएको छ । उसले २ करोड ५ लाख रुपैयाँ मा जनकपुर फ्रेन्चाइजीको स्वामित्व खरिद गरेकाे हाे ।

कर्णाली फ्रेन्चाइजीको स्वामित्व हिमालयन बिल्डर्सले किनेकाे छ । उसले १ करोड ११ लाख ७० हजार रुपैयाँ मा कर्णालीको स्वामित्व किनेकाे हो ।

इम्पियर स्पोर्टसले सुदुरपश्चिमको फ्रेन्चाइजीको स्वामित्व लिएकाे छ । उसले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा सुदुरपश्चिमको स्वामित्व किनेको‌ हो ।

एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुनेछ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *