What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
लीलादेवी गड्तौला बनिन् नेपालकाे पहिलाे महिला मुख्यसचिव
What To Know
- काठमाडाैं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेकाे हो।.
- यससँगै गड्तौला मुख्यसचिव हुने पहिलो महिला बनेकी छन्। उनलाई गत असार ३१ मा निमित्त मुख्यसचिवबाट कायममुकायम मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्।.
काठमाडाैं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेकाे हो।
“मन्त्रिपरिषद्को आजको बैठकले नेपाल सरकारको कायममुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको छ,” सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने।
यससँगै गड्तौला मुख्यसचिव हुने पहिलो महिला बनेकी छन्। उनलाई गत असार ३१ मा निमित्त मुख्यसचिवबाट कायममुकायम मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्।
२०२३ भदौ १५ मा तेह्रथुममा जन्मेकी गड्तौलाले २०५२ सालमा निजामति सेवा प्रवेश गरेकी थिइन्। न्याय सेवा अन्तर्गत कानून समूहबाट शाखा अधिकृत बनेकी उनी अहिले मुख्यसचिव बनेकी छन्।
उनी आउँदो भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन्। करीब ३५ वर्ष निजामति सेवामा बिताएकी गड्तौला उमेर हदरका कारण भदौ १५ मा अनिवार्य अवकास पाउनेछिन्।
यससँगै मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ। त्यस्तै, आयोगका सदस्यहरूमा डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय गरेको छ।






