फुटेका राप्रपा फेरी एक हुने

लहान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताउनुभएको छ । सिरहाको मिर्चैयामा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताउनुभयो ।

कतिपय नेताहरुको हठका कारण पार्टी अलग–अलग भएको भन्दै उहाँले राष्ट्रलाई विखण्डन र सर्वसत्तावादबाट जोगाउन पार्टी एकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो । केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न देशलाई धर्मनिरपेक्ष बनाएको आरोपसमेत अध्यक्ष थापाले लगाउनुभयो । देशमा सङ्घीयता आए पनि जनताले महसुस गर्न नसकेको भन्दै उहाँले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *