आईपीएल क्रिकेट : बैंगलोरलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्स शीर्षस्थानमा

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ। जयपुरको सवाई मानसिंह स्टेडियममा शनिबार भएको खेलमा आरसीबीले कोहलीको अविजित ११३ रनको सहयोगमा २० ओभरमा तीन विकेट गुमाएर १८३ रन बनाएको थियो । एक सय ८४ रनकाे लक्ष्य पछ्याएकाे राजस्थानले ५ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो ।

आरसीबीका लागि विराट कोहलीले ११३ रनको अविजित इनिङ खेल्दै आफ्नो आईपीएल करियरको आठौं शतक बनाए। उनी बाहेक कप्तान फाफ डु प्लेसिसले पनि ४४ रनको योगदान दिए ।

१०औं ओभरसम्म राजस्थान रोयल्सको स्कोर १ विकेटको क्षतिमा ९५ रन थियो तर त्यसपछिको ३ ओभरमा बलरको कडा आक्रमणले खेल एकतर्फी बन्यो । ११ औं ओभरमा मयंक डागरले १४ रन दिए भने १२ औं ओभरमा हिमांशु शर्माले १५ रन दिए । उनी बाहेक यश दयालले पनि १३ औं ओभरमा १३ रन दिए । ३ ओभरमा ४२ रन बनेपछि राजस्थान रोयल्सको आवश्यक रन रेट निकै कम भएको थियो । आरआरलाई अन्तिम ५ ओभरमा ३२ रन मात्र आवश्यक थियो तर १४ औं ओभरमा सञ्जु सामसन र अर्को ओभरमा रियान परागको विकेटले आरसीबीलाई आशा जगाएको थियो ।

जोस बटलर अझै क्रिजमा थिए। धेरै बल बाँकी रहेकाले आरआरका ब्याट्सम्यानले जोखिम मोलेनन् । बटलरले ५८ बलमा १०० रन बनाएर आरआरलाई ६ विकेटले जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।

जारी सिजनमा राजस्थान आरसीबीमाथिको यो जितसँगै राजस्थानको टोली चार खेलमा चार जितसहित आठ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता नाइट राइडर्स (केकेआर) ६ अंकसहित दोस्रो स्थानमा छ । योसँगै लगातार तीन पराजयपछि आरसीबी टोली पाँच खेलबाट चार हार र एक जितसहित दुई अंक जोडेर आठौं स्थानमा झरेको छ ।

कोहलीले आफ्नो आठौं शतक प्रहार गरे

विराट कोहलीले राजस्थान विरुद्ध आफ्नो उत्कृष्ट लय जारी राख्दै आईपीएलको चालू सिजनको आफ्नो पहिलो शतक बनाएका छन् । कोहली यो सिजन शतक बनाउने पहिलो खेलाडी बने । कोहलीको आईपीएल करियरको यो आठौं शतक हो। कोहलीले ६७ बलमा शतक पूरा गरेका थिए ।

कोहलीले आईपीएलमा ७ हजार ५ सय रन पुरा गरेका छन् । आरसीबीका स्टार ब्याट्सम्यान विराट कोहलीले राजस्थान रोयल्स विरुद्धको खेलमा यस प्रतियोगितामा ७५०० रन पुरा गरेका छन् । कोहली ३४ रन बनाएर यो उपलब्धि हासिल गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । कोहली आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । एकातिर अन्य खेलाडीले अहिलेसम्म सात हजार रन पनि पुरा गर्न नसकेका बेला कोहलीले ७५ सय रन पुरा गर्ने उपलब्धि हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *