हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
तस्विरमा हेर्नुस् तमु ल्होसारको माैलिक पहिचान (फोटो फिचर)
काठमाडाैं । गुरुङ समुदायले हर्षोल्लासका साथ तमु ल्होसार पर्व मनाएका छन् । देशका विभिन्न भागमा छरिएर रहेका गुरूङ समुदायले पायक पर्ने स्थानमा जम्मा भएर आज हर्षोल्लासका साथ ल्होसार मनाएका छन् ।
काठमाडाैं उपत्याकामा रहेका गुरूङ समुदायले टुँडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ प्रमुख अतिथि डाकेर कार्यक्रम गरे भने अन्य क्षेत्रमा पनि गुरूङ समुदाय र उनीहरू सम्बद्ध विभिन्न संघ संस्थाकाे आयाेजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी ल्हाेसार मनाएका छन् ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको हाे। काठमाडौँ उपत्यका र उपत्यका बाहिर घर भएर यहाँ बस्ने तमु (गुरुङ) समुदायका व्यक्तिआफ्नो भेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित भएका छन् ।
गुरुङको उद्गमस्थल क्व्होलासोथार कास्कीमा पर्छ । कास्कीको लमजुङको सिरान क्व्होलासोथारबाट गुरुङ समुदाय देशका विभिन्न भागमा छरिएका छन् । गुरुङहरुको उत्पत्ति र विकास भएको कास्कीका गुरुङले आज हर्षोल्लासका साथ ल्होसार मनाएका छन् ।
गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ अथवा फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर कास्कीका गुरुङले ‘तमु ल्होसार’ पर्व मनाएका हुन् । बाह्र राशि जस्तै गुरुङ जातिमा १२ पशुपंक्षीको नाममा १२ वटा वर्ग विभाजन गरिएको छ । सोही वर्गका आधारमा आजदेखि बिरालो वर्ग सकिएर गिद्ध वर्गसमेत सुरु भएको छ ।
तस्विरमा हेर्नुस् ल्हाेसारकाे माैलिकता, सबै तस्विर रासस
गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा आइतबार तनहुँको दमौलीमा निकालिएको सांस्कृतिक झाँकीमा जातीय पोशाकमा सजिएका बालबालिका । गुरुङ समुदायले तमु ल्होसार विविध कार्यक्रमसहित मनाउँदै छन् । तस्बिर ः कृष्ण न्यौपाने÷ रासस