यस्तो छ मावि शिक्षक छनोट परीक्षा सामान्य विषयको पाठ्यक्रम (नमूना प्रश्नसहित)

काठमाडाैं । शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि चार सय ३६ पदका लागि विज्ञापन आव्हान गरेको छ । आयोगले माध्यमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक परीक्षाबाट शिक्षक छनोट गर्न लागेकाे हाे । शिक्षक छनोटका लागि आयोगले तीन चरणमा परीक्षा लिँदै आएको छ ।

अधिकांश परीक्षार्थी आयोगले लिने पहिलो चरणको परीक्षामा नै फेल हुने गरेका छन् । गत वर्ष लिएको माविको सामान्य परीक्षामा ४८.८४ प्रतिशत उम्मेदवार अनुउत्तीर्ण भएका थिए ।

आयोगले माविको प्रतिस्पर्धा प्रदेशगत रुपमा गर्दै आएको छ । सातै प्रदेशमा नेपाली विषयमा ६७, अंग्रेजी ७९, गणितमा ८५, विज्ञानमा १२४, सामाजिक विषयमा सुदुरपश्चिममा दरबन्दी नै रिक्त दरबन्दी विवरण नै प्राप्त नभएको हुँदा ६ ओटा प्रदेशका लागि ५३ ओटा सिट मात्र विज्ञापन गरिएको छ ।

त्यसैगरी अर्थशास्त्र विषयमा कोशी, मधेस र गण्डकी प्रदेशका लागि ७ दरबन्दीका लागि विज्ञापन गरेको छ । कार्यलय सञ्चालन र लेखा १५ पदका लागि विज्ञापन गरेको छ । संस्कृत व्याकरणका लागि ३ पदका लागि विज्ञापन गरिएको छ । कम्प्युटर विज्ञान ३ पदका लागि विज्ञापन गरिएको छ । नियमित दस्तुरमा माघ ८ गते सम्म र दोब्बर दस्तुर तिरेर माघ १५ गते सम्म आवेदन दिन म्याद कायम गरेर विज्ञापन गरिएको छ ।

यस्तो छ माविको सामान्य विषयको पाठ्यक्रम

हेर्नुहाेस् नमूना प्रश्नपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *