नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेकपाकाे सचिवालय बैठक आज, यस्ता छन् बैठकका एजेन्डा
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसाे केन्द्रीय कार्यालय धुम्बराहीमा बस्दैछ । बैठकमा प्रदेश समिति, जिल्ला समिति र स्थानीय तहको एकता टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयुक्त राष्ट्र संघको भ्रमण, प्रदेश पदाधिकारीको चयन र सरकारको काम-कारबाहीबारे पार्टीभित्र चुलिएको असन्तुष्टि लगायतका विषयमा समेत छलफल हुने जनाइएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला सचिवालय बैठकले प्रदेश समितिको चयन र जिम्मेवारी तोकेपछि असन्तुष्टि बढेको थियो । विशेषगरी नेपाल समूहले यस बारेमा चर्को असन्तुष्टि जनाउँदै आएको छ ।
पार्टी महासचिव विष्णु पौडेलमार्फत नेता नेपालले छलफलविपरीत प्रदेश कमिटीको जिम्मेवारी तोकिएको भन्दै नोट अफ डिसेन्ट दर्ता गराउनु भएकाे छ । अाजकाे बैठकमा यस विषयमा पनि बिस्तृत छलफल हुने बुझिएकाे छ ।