नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सरकारको निर्णय नमानेको भन्दै राष्ट्र बैंकको गेटमा मन्त्रीको धर्ना
काठमाडाैं । प्रदेश सरकारको निर्णयको अवज्ञा गरेको विरोधमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव राष्ट्र बैंकको गेट अगाडि गएर धर्नामा बस्नुभएको छ । मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेको हो ।
प्रदेश २ को सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरे पनि जनकपुरमा रहेको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला अदालत लगायतका सरकारी कार्यालयले भने त्यसको अवज्ञा गर्दै कार्यालय खोलेका छन् । गत बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा अाज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रदेश सरकारले दिएको सार्वजनिक बिदा सरकारी कार्यालयले अटेर गरे पछि खुलेका कार्यालयहरु बन्द गराउन हिँडेका २० जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि पनि प्रदेश सरकारले दिएका सार्वजनिक बिदाको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला अदालतले अटेर गर्दै कार्यालय खोलेका थिए ।