नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह ‘ए’ मा
काठमाडौँ – नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ ।
बङ्गलादेश फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् ।
पाँचौँ संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानि ढाकामा हुनेछ । नेपाल बङ्गबन्धु कपको अघिल्लो संस्करण सन् २०१६ को विजेता हो । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।