बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

महिलालार्इ पनि यसरी हुन्छ स्वप्नदोष (नाइट फल) तर पुरुषभन्दा फरक
एजेन्सी । राति सुतेका बेला कामोत्तेजक सपना हुनु र सपनामा नै वीर्यपात भएर कपडामा दाग लाग्नु ! यो लज्जाजनक अवस्थालाई नै स्वप्नदोष भनेर भनिन्छ। स्वप्नदोष अर्थात् स्वपनामा गरिएको गल्ती ! तर पश्चिमा देशहरूमा भने यसलाई सामान्य शारीरिक प्रक्रियाका रूपमा लिइन्छ। त्यहाँ यसलाई ‘वेट ड्रीम्स’ भनिन्छ अर्थात गिलो सपना ! धेरैलाई लाग्न सक्छ स्वप्नदोष पुरुषहरूको मात्र समस्या हो तर यसो भने होइन। स्वप्नदोषको प्रक्रिया महिलाहरूमा पनि त्यतिकै देखिने गर्दछ । हो यसको स्वरूप भने केही फरक हुने गर्दछ ।
खासमा महिलाहरूमा पुरुषमा जस्तो अत्यधिक मात्रामा वीर्य स्खलन नहुने भएकाले यसबारे धेरैलाई थाहा नहुन सक्छ तर महिलाहरूमा पनि भित्री स्खलन हुने गर्दछ यस्तो अवस्थामा योनीको भित्री भागमा स्राव भएर गिलोपन बढ्ने गर्दछ ।
महिलाहरूमा स्वप्नदोषको समस्या
मनोचिकित्सक हरू र स्त्री रोग विशेषज्ञहरूका अनुसार महिलाहरू पनि यस्तो अवस्थाबाट गुज्रिने गर्छन् । किशोरावस्था देखि नै देखा पर्ने यस्तो समस्या विवाह पहिले मात्र हैन विवाह पश्चात पनि लामो समय पति टाढा रहेका समय यस्तो हुनु सामान्य मानिन्छ ।
हाम्रो जस्तो समाजमा महिलाहरू यौनका बारेमा खुलेर कुरा नगर्ने र यौन सन्तुष्टिका वैकल्पिक साधन समेत प्रयोग नगर्ने भएकाले उनीहरूले यौन सम्पर्क राखेको सपना देख्नु र त्यसपछि स्खलित हुनु सामान्य कुरा हो ।
तर महिलाहरू स्खलित हुँदा उनीहरूमा पुरुषहरूमा जस्तो वीर्यपात हुने या कुनै अन्य पदार्थ बाहिर निस्किने भने हुँदैन। उनीहरूको योनी भित्र योनीरस उत्सर्जित भएर गिलोपन र चिप्लोपन बढ्छ जसलाई अधिकांश महिलाहरू चाल नै पाउँदैनन् ।
निद्रामा रहेका बेला यौनाङ्ग या त्यसको छेउछाउ दबाब पर्दा या घर्षण हुँदा यौन उत्तेजना आउन सक्छ । विशेष गरेर टाइट प्यान्टी लगाउँदा या सुतेका बेला दुई तिघ्राको बिचमा हात च्यापेर सुतेको खण्डमा समेत यस्तो हुने सम्भावना बढी हुने गर्दछ ।
यसरी थाहै नपाई निद्रामै कामोत्तेजना बढ्दा केही महिलाहरू अचानक ब्युँझिन्छन् र यस्तो बेला उनीहरूलाई योनीभित्र गिलोपन र चिप्लोपनको अनुभूति हुन्छ ।
पुरुषहरूमा स्वप्नदोष
सामान्यतयास् केटाहरू किशोरावस्थामा पुग्नासाथ स्वप्नदोष हुन थाल्दछ। यो एकदमै सामान्य प्रक्रिया हो तर हाम्रो समाजमा यसलाई हौवाको रूपमा चित्रित गरिने भएकाले अधिकांश किशोरहरू यसो हुन थालेपछि अनावश्यक कुण्ठाको शिकार हुन पुग्छन् । साँच्चै भन्नुपर्दा यो चिन्ताको विषय नै होइन । युवा अवस्थामा निद्रामा यौन सम्बन्ध राखेको सपना देख्नु या अन्य प्रकारको उत्तेजनाका कारण वीर्य स्खलन हुनुलाई सामान्य रूपमा लिइन्छ ।
विशेष गरेर बिहान निद्रा खुल्नु पहिले यस्तो हुने सम्भावना बढी रहन्छ । सामान्यतयास् युवाहरूमा बिहान तीन बजेदेखि पांच बजेसम्म स्वप्नदोषको बढी सम्भावना हुन्छ। यस समय लिङ्ग उत्तेजित रहने र लिङ्गमा अत्यधिक रक्तस्राव रहने भएकाले स्खलनको सम्भावना बढी रहन्छ ।
यो लिङ्गका मांशपेशीहरूको लागि उत्तम मानिन्छ । निद्रामै उत्तेजित भएको लिङ्गले वीर्यको भार थेग्न नसकेपछि स्खलन हुन्छ र यो नै स्वप्न दोष हो । तर महिलाहरूको यौनाङ्ग भित्रपट्टि हुन्छ त्यसैले यी सबै प्रक्रियाहरू उनीहरूको शरीरमा पनि हुने भएपनि उनीहरू स्खलित भएको थाहा पाउन्नन् ।
के भन्छन् अध्ययनहरूले
महिलाहरूलाई पनि स्वप्नदोष हुन्छ भन्ने कुरा धेरैलाई थाहा समेत हुँदैन । कतिपय महिलाहरू जो स्वयं पनि यस्तो समस्याबाट गुज्रिरहेका हुन्छन् तिनलाई समेत आफूलाई स्वप्नदोष भएको कुरा थाहा नहुन सक्छ । महिलाहरूको जटिल शारीरिक बनौटले गर्दा यस्तो भएको हो ।
एम्स्टर्डम विश्वविद्यालयका मनोरोग चिकित्सक डाक्टर एलेन लानका अनुसार केही महिलाहरू राति तीव्र चरमसुख अनुभव गरेर ब्युँझिने गर्छन् । यसमा कुनै पनि प्रकारको स्खलन हुँदैन तर योनी भने गिलो हुन्छ ।
डाक्टर लान भन्छन्, ‘ हामी महिलाहरूको कामोत्तेजनाको बारेमा धेरै थाहा पाउँदैनौं किनभने उनीहरूको यौनाङ्ग भित्रपट्टी विकसित भएको हुन्छ । उनीहरू स्वयम् पनि पुरुषहरूले जस्तै आफ्नो यौनाङ्गमा हुने परिवर्तनलाई देख्न र महसुस गर्न सक्दैनन् ।’ सन् १९८३ मा प्रकाशित भएको एउटा सर्वेक्षणमा लाबर्ज, ग्रीनलीफ र केडजायरस्ले महिलाहरूमा सपनामा पुरुषको दाँजोमा अधिक चरमसुख प्राप्त हुने गरेको तथ्य फेला पारेका थिए ।
परीक्षण अवधिभर सर्वेक्षणमा सम्मिलित महिलाहरू सुतेका बेला उनीहरूको मुटुको गति, श्वासप्रश्वासको गति र आँखाको नानीको गतिशीलतालाई अध्ययन गर्दा महिलाहरू एकभन्दा बढी पटक यौनजन्य सपना देख्ने गरेको तथ्य पत्ता लागेको र उनीहरू स्खलित भएको जस्ता शारीरिक लक्षणहरू समेत देखा परेका थिए ।
कामोत्ते्जना ठीक या बेठीक ?
महिलाहरूमा कामोत्तेठजनाको बेला यौनाङ्गमा रक्त संचारको गति बढ्छ जुन् प्रजनन र सामान्य स्वास्थ्यका दृष्टिले साह्रै राम्रो मानिन्छ । यही कामोत्तेतजनाले गर्दा उनीहरूमा पनि स्वप्नदोष या स्खलन हुने समस्या देखा पर्दछ । यसले गर्दा योनीमा लचिलोपन बनिराख्छ जसले गर्दा पछि पुरुषसँगको सहवास पीडादायी हुँदैन र प्रसवको बेला समेत बच्चा जन्माउन कम पीडा महसुस हुन्छ ।
स्वप्नदोष कति गम्भीर ?
मनोवैज्ञानिकहरूका अनुसार सुत्ने बेला मनमा कामुक विचार ल्याएको खण्डमा कामोत्तेजक सपना हुनु सामान्य हो । र यस्तोमा वीर्यपात हुनसक्छ । स्वप्नदोष कुन अर्थमा पनि नराम्रो होइन भने यसले शरीरमा संचित वीर्य बाहिर निस्किन मद्दत गर्दछ जुन पुरानो भइसकेको हुन्छ । वीर्य शरीरमा निरन्तर बनिरहने भएकाले यो निस्किँदा यसले शरीरलाई स्वस्थ नै बनाउँछ ।
गर्ने के ?
स्वप्नदोष कम होस् या नहोस भन्नका लागि कामोत्तेजक साहित्य नपढ्ने, त्यस्ता चलचित्र नहेर्ने र राति सुत्ने बेलामा मनमा कामोत्तेजक विचार नल्याउँदा राम्रो हुन्छ । त्यस्तै बढी मसलेदार र अमिलो खानेकुरा खानाले पनि यस्तो समस्या देखा पर्न सक्छ ।