हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता
काठमाडौं। आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ।
निर्वाचन आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको थियो।
रिक्त भएका तीन प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ। नागरिकतासम्बन्धी मुद्दामा चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद सर्वोच्च अदालतले बदर गरेपछि उक्त चुनाव क्षेत्र रिक्त छ।
त्यस्तै तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि संसद् पद रिक्त छ। ती चुनाव क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदै छ।