नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकपमा पुग्ने सम्भावना कायमै
काठमाडौं। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालद्वारा युएई १७७ रनले पराजित भएको छ ।
जितसँगै नेपालले आगामी चार वर्षको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ भने आईसीसी विश्वकप क्रिकेट लिग-टूका बाँकी दुई खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।
नेपालले लिग–२ मा शीर्ष पाँचमा रहँदै सोझै ओडीआई मान्यता प्राप्त गरेको हो ।
जितका लागि २४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाएर अलआउट भयो । यो नेपालको ओडीआईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित हो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २४८ रनमा अलआउट भएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिएका थिए ।