सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सवमा अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गर्ने र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका हुन् ।

लोकतान्त्रिक शासन प्रणाली भएका ठाँउमा मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको उनले बताए । उनले सूचना प्रविधिको तीव्र र द्रूत विकासले सञ्चार जगतका साथै सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको धारणा व्यक्त गरे ।

विश्वमा सूचना र प्रविधिको द्रूत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले कुनै पनि नागरिकलाई सूचनाबाट बञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै बञ्चित गर्नु हो भन्ने मान्यता राखेर सञ्चारमाध्यमले काम गर्नुपर्ने पनि बताए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *