काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
ज्योतिषीले दिएको साइतमा बालुवाटार प्रवेश गरे प्रचण्ड, सरकारी निवासको चाबी छोरीको हातमा !
काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले बुझेकी छन् ।
बुधबार साँझ साइत हेराएर बालुवाटार प्रवेश गरेको प्रचण्डको परिवालाई चाबी हस्तान्तरण गरिएको हो । प्रचण्डपुत्रीसमेत रहेकी गंगालाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले चाबी दिए ।
प्रचण्ड ज्योतिषी टीकाराम घिमिरेले दिएको साइतमा सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् । देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।






