हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
अध्यक्ष ओलीसँग राजदूतहरूद्वारा सामूहिक भेट
काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतका राजदूतसहित अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली सङ्घका निमित्त राजदूतहरूले आज एमाले पार्टी कार्यालय, च्यासलमा सामूहिक भेट गर्नुभएको छ ।
भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको सन्भर्दमा प्रमुख विपक्षीको भूमिकाका विषयमा जिज्ञासा राख्नुभएको थियो । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा अन्तर्राष्ट्रियस्तर र मान्यतामा ध्यान पु¥याउनुपर्छ भन्ने उहाँहरूको चासो रहेको थियो । नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेको प्रतिबद्धताबमोजिम पीडितको आवाज सम्बोधनको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि एमालेको प्रभावकारी र महत्वपूर्ण भूमिका रहोस् भन्ने उहाँहरूको भनाइ थियो ।
सो अवसरमा अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसद्को सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताउनुभयो । अध्यक्ष ओलीले यस्ता महत्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट अगाडि बढाउनु न्यायोचित नहुने स्पष्ट गर्नुभयो ।
यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभई देशकै समस्या भएकाले बहुमत–अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुङ्ग्याउनुपर्छ भन्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो ।
भेटवार्तामा अध्यक्ष ओलीसँगै रहनुभएका पार्टीका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले यस विषयमा सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेको प्रतिबद्धताअनुसार प्रक्रिया अगाडि बढाउनुपर्नेलगायत विषय राख्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूत ¥याण्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटलगायतले गर्नुभएको भेटवार्तामा अध्यक्ष ओलीसहित उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा अञ्जान शाक्य सहभागी हुनुहुन्थ्यो ।