भाेलि सार्वजनिक बिदा

जनकपुरधाम। प्रदेश नम्बर २  सरकारले बुधबार भाेलि सार्वजनिक बिदा दिएकाे छ । सोमबार बसेको प्रदेश मन्त्री परिषद्को बैठकले भदाै ६ गते मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड इद–ऊल–जोहा (वकरिद)को अवसरमा  सार्वजनिक बिदा दिने  निर्णय गरेकाे हाे ।

यस्तै साेमबारकाे मन्त्री परिषद बैठकले ३ वटा विधेयकलाई पारित गरेको छ भने १५ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । मन्त्री परिषद्ले मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयक, कानुन निर्माण प्रक्रिया सम्बन्धी विधेयक र प्रदेश सभा सचिव नियुक्ति सम्बन्धी विधेयक पारित गरेको छ ।

त्यसै गरी मन्त्रीपरिषदले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्बन्धी ५ वटा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्बन्धी ९ वटा र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्बन्धी १ वटा विधेयकलाई सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *