नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

थप ५ हजार १५३ जनामा कोरोना पुष्टि, १०८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर र ५ हजार ६११ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार १५३ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ एक सय जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ हजार ५७० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ४ हजार ५३० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ जना रहेको छ ।
२४ घण्टामा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।